काठमाडौं, १७ कात्तिक ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। समाचार पत्र द डनका अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन्। इमरानको खुट्टामा गोली लागेको छ। अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ। गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्