ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राण आहूति दिने सहिदको सम्झना गरिँदै


admin
१० माघ २०७४, बुधबार   ८ : ५७   बजे

काठमाडौं, १० माघ । देशका लागि प्राणको आहूत्ति दिने सहिदहरूको सम्झनामा मनाइँदै आएको सहिद सप्ताह आजदेखि सुरु भएको छ ।

सरकारले सहिदहरूको सम्मानमा हरेक वर्ष मनाउँदै आएको सहिद सप्ताह यस वर्ष पनि मनाउन लागेको हो । माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमहरू हुनेछन् ।

सहिदहरूको सम्झनामा २०१२ सालदेखि हरेक वर्ष सहिद दिवस मनाउन थालिएको हो । राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो । उनीहरूलाई निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानका क्रममा मृत्युदण्डको सजाय दिइएको थियो ।

शहीद सप्ताहको पहिलो दिन आज टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली सभा हुनेछ । यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

माघ १६ गते रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरमा रहेको सहिद स्मारकमा गएर टुंगिने कार्यक्रम रहेको छ । माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकका लागि प्राण त्याग्ने सम्पूर्ण सहिदहरूको सम्झना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

सम्बन्धित

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu