पोखरा, १० माघ । माओवादी केन्द्रका नेता दीनानाथ शर्माले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ ।
प्रदेश नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पोखरामा आज दिउँसो नेता शर्माले मनोनयन पत्र दर्ता गर्नुभएको हो ।
वाम गठबन्धनको तर्फबाट प्रदेश नं. ४ का लागि खुलातर्फबाट उहाँले मनोनयन दर्ता गर्नुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता शर्माले देशको समृद्धि वाम एकताबाट मात्र सम्भव भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्