ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा पछिल्लो एक महिनामा कोरोनाका कारण ६० हजार मानिसको मृत्यु !


ABC NEWS
१ माघ २०७९, आइतबार   ८ : १८   बजे

चीनमा पछिल्लो एक महिनामा कोरोनाका कारण ६० हजार मानिसको मृत्यु

बेइजिङ । चीनमा गत महिना शून्य कोभिड नीति परित्याग गरेयता करिब ६० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन् । तीमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन् ।

यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाएको जनाएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमले अस्पताल र अन्त्येष्टिस्थलहरुमा अत्यधिक चाप बढेको जनाइरहँदा चीनले सार्वजनिक गरेको उक्त तथ्यांकले उसको विश्वसनियतामाथि आशंका उत्पन्न गरेको थियो ।

जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन् । गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ । साथै उसले थप विस्तृत तथ्यांक जारी गर्न उसलाई पुन: आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले चीनमा यस वर्ष कम्तिमा १० लाख मानिसले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाउने प्रक्षेपण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu