ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेमाथि ‘झुटो विवरण’मा कारबाही हुनसक्ने


abc tv
१३ माघ २०७९, शुक्रबार   ८ : ३५   बजे

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेमाथि झुटो विवरण बुझाएर सार्वजनिक लाभको पदमा पुगेको अभियोगमा कारबाही हुनसक्ने कानून व्यवसायीले बताएका छन्।

पुस ११ गते पद तथा गोपनियताको सपथ खाने तीन जना मन्त्रीमध्येका एक थिए, रवि लामिछाने। एक महिना २ दिनमा आईपुग्दा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेका सांसद पद नै रहेन। सर्वोच्च अदालतको संवैधानिक इजलासले विदेशी नागरिकता लिएको व्यक्तिले पुनः नागरिकता कायम गराउने कानूनी प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएपछि लामिछाने पदहीन बन्न पुगेका हुन्।

छोटो समयमै बिजुली बेगमा राजनीतिक शक्ति आर्जन गरेर स्वार्थ बाझिने गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्दाखेरी नै लामिछानेको नैतिक शक्ति खस्किसकेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेले फर्जी नागरिकता प्रयोग गरेको विषयमा अनुसन्धान गरिरहेकै वेला उनी एकाएक गृहमन्त्री बनेर आएका थिए।

सर्वोच्चले लामिछाने नेपाली नागरिक नरहेको पैmसला गरेपछि उनीविरुद्ध झुटो विवरण दिएको आरोपमा अनुसन्धान गर्ने आधार झन् बलियो भएको फौजदारी कानूनका ज्ञाता वरिष्ठ अधिवक्ता लवप्रसाद मैनाली बताउँछन्। “सर्वोच्चले लामिछानेलाई अनागरिक भनिसक्यो। नागरिक हुँ भनेर ढाँटेर लाभको पदमा पुगेको पुष्टि भईसक्यो,” वरिष्ठ अधिवक्ता मैनाली भन्छन् “प्रहरीलाई अनुसन्धान गरेर मुद्दा चलाउने अर्को आधार मिलेको छ।”

मैनालीका अनुसार नागरिकता ऐन, २०६३ को दफा २१ अनुसार लामिछानेलाई कारबाहीको भागीदार बनाउन सकिन्छ। त्यो दफामा ‘कुनै विदेशी नागरिकले नेपाली नागरिक भनी झूटो विवरण दिई नेपाली नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। लामिछानेले नेपाली नागरिक हुँ भन्दै ढाँटेकाले यो कसुर आकर्षित हुने उनको तर्क छ। “अनागरिकले नागरिक हुँ भन्नु झन् गम्भीर अपराध हो,” मैनाली भन्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu