ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच नयाँ गृहमन्त्रीबारे छलफल, माओवादी आफैंले राख्ने अडानमा


ABC NEWS
१५ माघ २०७९, आइतबार   ५ : २०   बजे

 

काठमाडौं १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँगृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने भएको छ ।
स्रोतका अनुसार प्रचण्ड र ओलीबीच रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने विषयमा समेत छलफल भएको छ ।
नागरकिता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो।प्रधानमन्त्री ‘प्रचण्ड’ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन्।
यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन्।
‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा प्रचण्डले सत्तारूढ घटक मध्येको एमाले अध्यक्षसँग छलफल गरेका छन् ।

प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका सवालमा असन्तुष्टि व्यक्त गरेका थिए।
‘मन्त्रालय बाँडफाँटको सवालमा भएको सहमति पनि पालना भएको छैन। माओवादीले संख्या र शक्तिका हिसाबले पनि कम मन्त्रालय पाएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।
सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट रहेको छ।
लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्।
लामिछानेलाई पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन्। माओवादी नेताहरूले गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group