ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा


ABC NEWS
१५ माघ २०७९, आइतबार   ७ : २९   बजे

 

काठमाडौँ १४ माघ । प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक विदेशी पाहुनाका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत विषयमा छलफल गर्ने बताइएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासको अनुसार उपमन्त्री नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता हुनेछ । दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्ने छिन् ।

परराष्ट्र स्रोतका अनुसार उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । अन्य नेता तथा उच्च अधिकारीहरुसंग भेटवार्ताको तयारी भइरहेको छ ।

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठबन भएपछि कुनै विदेशबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुल्यान्डले बद्लिँदो भूराजनीतिक परिवेशमा यहाँको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सहकार्यका लागि नेपाल भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन् । तीन दशक बढी कुटनीतिक क्षेत्रमा काम गरिसकेकी उनले यसअघि महत्त्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेकी छन् । उनी सन् २०२१ अप्रिलदेखि उपमन्त्री भएकी हुन् । उनले डेमोक्र्याट राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको अवधिमा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र यूरेसियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेकी थिइन् ।

उनी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्लु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) को लागि अमेरिकी राजदूतको रुपमा काम गरेको अमेरिकी दूतावासले जनाएको छ । गत वर्षको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीनदिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो ।
अमेरिकी उपमन्त्री न्यूल्याण्ड फर्केको डेढ हप्ताभित्र भारतीय विदेशी सचिव विनय मोहन क्वात्राले नेपालको दुई दिने भ्रमण गर्ने तयारी भइरहेको दिल्ली स्थित साउथ ब्लकका एक अधिकारीले एबीसीलाई जानकारी दिए ।

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भ्रमण लगत्तै भारतीय विदेश सचिवको भ्रमण हुने

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group