ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल


ABC NEWS
१५ माघ २०७९, आइतबार   ७ : ४४   बजे

 

काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
आइतबार केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महामन्त्री ढकालले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दावी गरे ।

‘समस्या जुान आएको थियो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको समस्या हो । अन्य दलहरुमा आएको होइन, त्यसैले अन्य दलहरुले समस्याको रुपमा लिन जरुरी छैन’ उनले भने, ‘यो हाम्रो समस्या भएको कारणले र हामीले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारी हो । निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’

महामन्त्री ढकालका अनुसार अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन् ।

 

आइतबार केन्द्रीय समितिको बैठकपछि उनले गृहमन्त्रालयमा पार्टीले फेरि उक्त मन्त्रालय दाबी गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

‘हाम्रो पार्टीमा एउटा समस्या आएको थियो, त्यो समस्याको समाधान भएको छैन । यो समस्या अन्य दललाई परेको समस्या होइन,’ उनले भने, ‘अहिले सरकारको विषयमा छलफल भएको छैन । तर, हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन । गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हो, फेरि दाबी गर्नुपर्ने कुरा छैन । हामीले नै कसलाई गृहमन्त्रालयको जिम्मेवारी दिने भनेर निर्णय लिने कुरा हो । त्यसमा हामी छलफल गरेर निर्णयमा पुग्छौँ ।’

उनले लामिछानेको नागरिकता सम्बन्धी विवादमा अदालतले छिटो फैसला गर्‍यो भनेर विरोध गर्ने अवस्था नरहेको पनि बताए ।

‘अदालतबाट छिटो निर्णय आउनुपर्छ भनेर हामीले पनि भन्दै आएका हौँ । तर, त्यस्तो हुने गरेको छैन । सार्वजनिक महत्वका थुप्रै मुद्दा अदालतमा लामो समयदेखि विचाराधीन छन्,’ उनले भने, ‘तर हाम्रै मुद्दामा किन अदालतले छिटो फैसला गर्‍यो भनेर विरोध गर्ने कुरा छैन । तथापि त्यसबारे हामीले छलफल गरेका छौँ । हामी आगामी दिनमा पनि यस्ता सवालहरूमाथि अदालतको चासोलाई नजिकबाट हेर्छौँ ।’

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच नयाँ गृहमन्त्रीबारे छलफल, माओवादी आफैंले राख्ने अडानमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu