ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)


ABC NEWS
१५ माघ २०७९, आइतबार   ८ : ५७   बजे

 

काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि इनरोलमेन्ट हुने जनाएको छ ।

]विभागमा हालसम्म २ देखि ३ दिनको प्रि इनरोलमेन्टको मात्रै व्यवस्था रहेकोमा त्यसको समय लम्ब्याएर एक महिनाको अग्रिम आवेदनको व्यवस्था गरिएको हो ।

अग्रिम आवेदन छोटो अवधि हुँदा सेवाग्राहीले विभागबाट सेवा लिन नपाएर झन्झट ब्यहोर्नु परेको गुनासो सुनिने गरेकोमा सुधार गरेको दावी गर्दै विभागले यस्तो व्यसवस्था गरेको हो ।

यो व्यवस्थाले अहिले देखिएको समस्या समाधान गर्ने विश्वास लिएका छौं । कसैले सोमबार प्रि इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाउनु हुनेछ,ु विभागका महानिर्देशक डमरुबल्लभ पौडेलले भने, ुराहदानी लिनका लागि लाइन नमिची तोकिएको समयमा आइदिनु भयो भने हाम्रो प्रणालीमा समस्या पर्दैन । सहज रुपमा राहदानी पाउनु हुनेछ ।

विभागले अहिले देखिएको भीड सहज नहुन्जेल एक महिनाको समयको प्रि इनरोलमेन्टको व्यवस्था गर्ने जनाएको छ । त्यसपछि मंगलबारबाट दैनिक रुपमा १५ सयका दरले प्रि इनरोलमेन्ट खुला हुने विभागले जनाएको छ । जसअनुसार माघ १७ गते प्रि इनरेलमेन्ट गर्नेले फागुन १६ सम्मको समय लिन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी माघ १८ मा प्रि इनरोलमेन्ट गर्दा फागुन १७सम्मको समय लिन सकिने छ । विभागले हाल दैनिक ६ हजार राहदानी छपाइ गर्दै आएको छ ।

विभागले जारी गरेको सूचनामा विभाग लगायत विदेशस्थित कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले एक महिनाको प्रि इनरोलमेन्ट गराउने छन् ।

 

प्रकाशित : माघ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu