ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपमन्त्री न्युल्यान्डबीच भेटवार्ता


abc tv
१६ माघ २०७९, सोमबार   १२ : ०७   बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी नुल्याण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा। विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले यो भेटका क्रममा पछिल्लो विश्व भूराजनीतिक घटनाक्रमबीच आफ्नो मुलुकलाई प्राथमिकतामा राख्न पनि प्रचण्डलाई आग्रह गरेकी छन्।

‘उहाँले नेपालको प्राथमिकतामा अमेरिका पर्नुपर्ने धारणा राख्नुभयो’, स्रोतले  भन्यो, ‘कतिपय अन्तर्राष्ट्रिय मामिलामा तटस्थ बस्दिनुपर्‍यो भन्ने थियो।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूहरुले छिमेकी देशसँगको सम्बन्धलाई पञ्चशीलको आधारमा अघि बढाइरहेको बताएका छन्।

‘हामी सकारात्मक छौँ तर, छिमेकी देशसँग सन्तुलन कायम गरेर अघि बढ्छौं,’ प्रधानन्त्रीले जवाफ दिँदै भने, ‘विषयवस्तुका आधारमा साथ र सहयोग हुन्छ।’

नेपालले लिएको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्ने जोड प्रधानमन्त्रीको थियो।

‘हाम्रो मुलुकको आफ्नै नीति छ, त्यहीअनुसार हामी अघि बढ्छौँ, मुलुकको हित प्राथमिक हुन्छ,’ प्रधानमन्त्रीले भने।

भेटमा नेपालको विकासका लागि अमेरिका तयार रहेको पनि उपविदेशमन्त्रीले बताएकी थिइन्।

अमेरिकाले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन भइरहेको प्रयासप्रति सकारात्मक रहेको बताउँदै कतिपय विषयहरुको सम्बोधन गर्नुपर्ने उनको आग्रह थियो।

‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकारबाट भइरहेका काम सकारात्मक छन्, कतिपय विषयमा आममानिसको आवाज सम्बोधन हुँदा अझै राम्रो हुन्छ,’ उनले भनिन्, ‘यसको निष्कर्षम पुर्‍याउन हाम्रो तर्फबाट निरन्तर सहयोग रहन्छ।’

जवाफमा प्रधानमन्त्रीले नेपालकै मौलिकतामा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रष्ट पारे।

‘हाम्रो आफ्नै मौलिकतामा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउँछौँ,’ प्रधानमन्त्रीले थपे, ‘यसमा अन्तर्राष्ट्रिय भ्यालुजलाई कायम राखेर अघि बढ्छौं।’

त्यस्तै उपविदेशमन्त्री नुल्यान्डले नेपालको विकासमा अझै सहयोग गर्ने बताइन्। ‘नेपालको विकसमा सहयोग गर्न  तयार छौँ,’ नेपाल-अमेरिका सम्बन्धको ७५ वर्ष भएको छ, अझै दुई मुलुकबीचको हीतमा सहयोग हुन्छ,’ उनले भनिन्।

भेटमा प्रधानमन्त्रीमा नियुक्त भएकोमा अमेरिकी राष्ट्रपति जोइ बाइडेनले प्रचण्डलाई पठाएको बधाई सन्देश पनि उनले बुझाएकी थिइन्।

नुल्यान्ड आइतबार साँझ नेपाल आइपुगेकी हुन्। उनले सोमबार थप राजनीतिक भेटवार्ता गर्नेछिन।

नुल्याण्ड प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group