ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पाँच सय धरौटी र अनिवार्य कुरुवा कार्ड


ABC NEWS
१६ माघ २०७९, सोमबार   ९ : ३८   बजे

विराटनगर १६ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवा बस्न ५०० रुपैयाँ धरौटी राख्नुपर्ने नयाँ नियम बनाएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामी भर्ना गरिएसँगै ५०० रुपैयाँ धरौटी बुझाएर कुरुवा कार्ड लिनुपर्ने र त्यस्तो कार्ड प्रति बिरामी एक जनाले पाउने प्रतिष्ठानले जनाएको छ। गत माघ १० गते प्रतिष्ठानका अस्पताल निर्देशक डा।जगतनारायण प्रसादले माघ १५ बाट कुरुवा कार्डको व्यवस्था लागू हुने उल्लेख गर्दै प्रतिष्ठानले सार्वजनिक सूचना नै जारी गरेको छ ।

ग

त माघ १० गते प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगतनारायण प्रसादले माघ १५ बाट कुरुवा कार्डको व्यवस्था लागू हुने उल्लेख गर्दै सूचना जारी गरेका थिए।

आइतबारबाट कुरुवा कार्ड लागू गरिएको छ। हाल परीक्षणका रूपमा आकस्मिक कक्षमा मात्र लागू गरिएको यो नियम बिस्तारै अन्य कक्षमा पनि लागू गर्ने प्रतिष्ठानको तयारी छ।

प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक भीडभाड हुने भएकाले त्यसलाई कम गर्न यस्तो नियम लागू गरिएको जनाएको छ। तर, बिरामीका आफन्तले भने कुरुवा कार्डको व्यवस्था उचित भए पनि ५०० रुपैयाँ धरौटीको व्यवस्था गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिष्ठानले कुरुवा कार्ड निःशुल्क व्यवस्था गर्न सक्ने भए पनि बिरामीलाई झमेला थप्ने गरी धरौटीको व्यवस्था गरिनु ठीक नभएको बिरामीका आफन्तले बताएका छन्। कुरुवा बसेका विकास भुजेल भन्छन्, “आकस्मिक कक्ष भनेकै जटिल बिरामी ल्याइने ठाउँ हो, यस्ता बिरामीलाई एक जना होइन, दुई जनासम्म कुरुवा बस्न दिनुपर्छ। अनि कार्डमा धरौटीको व्यवस्था राखिनु हुँदैन।’’

प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक २०० भन्दा बढी बिरामी ल्याइने गरेको र उनीहरूसँगै आउने आफन्त र अन्य मान्छेको भीडले उपचारमा समस्या हुन थालेपछि कुरुवा कार्डको नियम लागू गरिएको प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानको भनाइ छ। बिरामी भर्नासँगै ५०० धरौटी बुझाएपछि पाइने कुरुवा कार्ड बिरामी डिस्चार्जका क्रममा फिर्ता गरेपछि धरौटी रकम पनि फिर्ता गरिने डा. प्रधानले बताइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu