काठमाडौं १७ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठक सुरु भएको हो।
संगठन विस्तार, पार्टी एकता र नेताहरुको कार्यविभाजन लगातका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।
सोमबार पनि पदाधिकारी बैठक भएको थियो ।
गत शुक्रबार सर्वोच्च अदालतको आदेशले अनागरिक ठहर भएसँगै रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
पदाधिकारी बैठकमा संगठनको कार्यविभाजनसंगै समसायिक विषय र विशेषगरी राष्ट्रपतिको निर्वाचनको विषयमा पनि छलफल हुने छ।
प्रतिक्रिया दिनुहोस्