ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको मुद्धाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय प्रधानमन्त्री आफैंले राख्ने


ABC NEWS
१७ माघ २०७९, मंगलबार   ४ : ००   बजे

 

काठमाडौं १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालय तत्काल कसैलाई पनि नदिने भएका छन्।

खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरेका रवि लामिछानेले सांसद पद गुमाएपछि गृहमन्त्रालय मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन् । अहिले प्रधानमन्धीसंग गृह, बन तथा युवा खेलकुद मन्त्रालय रहेका छन् ।

सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाको पूर्णपाठ कहिलेसम्म आउने टुंगो छैन। शुक्रबार संक्षिप्त पाठसहित सर्वोच्चले फैसला गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले शुक्रबार पद गुमाएपछि पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै मंगलबार विहान प्रधानमन्त्री प्रचण्डसंग माग गरेका थिए ,।

तर आफूसँग रविले गृहबारे दुई पटक छलफल गरिसके पनि प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्रालय कसैलाई नदिने निर्णयमा पुगेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुनाएका थिए ।

लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाको पूर्णपाठ नआएसम्म उनलाई गृहमन्त्रालय नदिन माओवादीका पदाधिकारीहरुले पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

‘रविजीलाई गृहमन्त्रालय नदिने भन्ने होइन,’ माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले नेपालखबरसँग भने, ‘उहाँको अदालती प्रक्रिया पूरा भएको छैन नि त।’

अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक नगरेसम्म गृहमन्त्रालय अरु कसैलाई नदिने पक्षमा प्रधानमन्त्री रहेको उनले बताए।

‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग रहन्छ, अरु कसैलाई नदिने भन्ने छ,’ महराले थपे।

मंगलबार बसेको पदाधिकारी बैठकमा बोल्ने नेताहरुले गृह तत्काल रविलाई दिन नहुनेमा प्रधानमन्त्रीलाई सचेत गराएका थिए।

रविबाहेक रास्वपाका अन्य सांसदलाई दिने सम्भावना छ भन्ने प्रश्नमा उपाध्यक्ष महराले भने, ‘अहिले त्यसमा निर्णय भएको छैन। केही समय प्रधानमन्त्रीसँग गृहमन्त्रालय रहन्छ कुरा यति हो।’

रास्वपाले गृहमन्त्रालय दिने नदिने निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझसम्मको समय दिएको छ।

प्रधानमन्त्रीले रविलाई नै गृहमन्त्री बनाउन दबाब आएको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका थिए। रास्वपाले गृह नपाए मंगलबारै सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu