ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले प्रष्ट शब्दमा ओलीलाई भने – ‘रविको विवाद समाधान नभएसम्म मन्त्री बनाउन सकिंदैन’


ABC NEWS
१८ माघ २०७९, बुधबार   १२ : २७   बजे

 

काठमाडौं १८ माघ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । ओली आज दुई दलबीचको कुरा गर्न नभएर नागरिकता फर्जीमा पद गुमाएका रबि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनु पर्ने प्रस्ताव गर्न गएका थिए । जबाफमा प्रधानमन्त्री प्रचण्डले रबिको दोहोरा राहदानी विवाद समाधान नभएसम्म गृहमन्त्री त के कुनै पनि मन्त्री बनाउन नससक्ने बताएको प्रचण्डका एक सहयोगीले  बताए । ओलीसगको छलफलमा प्रचण्डले भने ‘ ऐन काननु र आम जनताको राजनीति प्रतिको आक्रोश समेत रहेका कारण कुनै पनि असंवैधानिक तथा अराजनीतिक काम गर्न म तयार छैन ।’
रबि लामिछानेको दोहारो नागरिकता बारे गृहमन्त्रालयले छानविन गरिरहेको छ ।
ओली बाहिरिए लगत्तै ऊर्जामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफल गरेर ओलीलाई बताएको कुरा नै दोहराएका थिए । राजेन्द्रलाई प्रचण्डको सन्देश थियो । क्याविनेटमा बसेर संविधान विरोधी क्रियाकलाप वा अभिव्यक्ति दिन मिल्दैन ।

गैरसांसदको हैसियतमा पुगिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरिरहेपछि बुधबार बिहान लिङ्देन र ओलीसँग प्रधानमन्त्रीको स्पष्ट सबतएका हुन् ।

मंगलबार साँझ मात्रै रवि लामिछानेले बालकोटमा पुगेर ओलीसंग गृहमन्त्री मागीदिन अनुरोध गरेका थिए।

यी दुई नेतासँगको वार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग छलफल गरेका छन् । श्रेष्ठ र गुरुंगले पनि प्रधानमन्त्रीलाई अनैतिक काम गर्न नहुने भन्दै अहिलेको अवस्थामा रबिलाई मन्त्री बनाउन नहुने सुझाव दिएका छन्।

नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्। उनले पार्टीमा गृहमा अन्य सांसदको नाम पनि सिफारिस गरेका छैनन्।

तर प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मनसायमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ।

राष्ट्रपति पदमा पनि कुरा मिलेको छैन। पुस १० मा राष्ट्रपति पद एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन्।

उनले कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताइरहेका छन्। तर ओलीले मंगलबार मात्रै रविसँगको भेटमा विगतमा जे समझदारी भएको हो त्यो कार्यान्वय गरेर जानुर्ने बताएका थिए।
लामिछानेले मंगलबार बेलुकासम्म आफूलाई पुनः उपप्रधान तथा गृहमन्त्री नबनाए सगठबन्धन छाड्ने चेतावनी दिएका थिए । तर रासस्वपाका अधिकांश नेता तथा सांसदहरु रविकै कारणले सत्ता गठबन्धन छाड्न नहुने पक्षमा विद्रोह गर्ने डरले रविले कुनै कबम चष्लन सकेका छै्रनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu