ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व राष्ट्रपति यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएको नजिर राष्ट्रपति भण्डारीले तोड्ने


एबीसी न्यूज
१८ माघ २०७९, बुधबार   १ : ३८   बजे

काठमाडौं, १८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने भएकी छन् । यसअघिका राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंमै घर हुँदाहुँदै सरकारले भाडामा लिइदिएको घरमा बस्दै आएको नजिर राष्ट्रपति भण्डारीले तोड्ने भएकी हुन् ।

शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी आफ्नै निजी निवासमा सर्नेछिन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित माथिल्लो भंगालमा उनको निजी निवास छ । केही दिनअघि मात्रै सो निवासको जिर्णोद्वार गरेर बस्नलायक बनाइएको थियो ।राष्ट्रपति कार्यालयले सरकारलाई अवकाशपछि बस्न आवास बनाइदिनुपर्ने प्रस्ताव गरेको तर, सरकारले उनकै जग्गामा घर बनाइदिन लागेको भनि केही मिडियामा प्रकाशित समाचारलाई शीतल निवास स्रोतले खण्डन गर्यो ।‘यो राष्ट्रपतिज्यूलाई विवादमा पार्न सुनियोजितरुपमा गरिएको दुष्प्रचार हो,’ स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयबाट त्यस्तो केही पनि प्रस्ताव गएको छैन । अवकाशपछि सरकारी आवास सुविधा नलिनेमा राष्ट्रपतिज्यू स्पष्ट हुनुहुन्छ ।’राष्ट्रपतिको काठमाडौंमा घर भएको बाहेक अर्को जग्गा नरहेको पनि स्रोतको भनाइ छ ।

अहिले घर भएको जग्गा उनले २० वर्षअघि खरिद गरेकी थिइन् । घर बनाएको पनि करिब १५/१६ वर्ष भइसकेको छ । भण्डारी शीतलनिवास सरेपछि त्यो घर उनका भाइले रेखदेख गर्दै आएका छन् ।‘राष्ट्रपतिले आफ्नो घर मर्मत र रंगरोगनका लागि पनि सरकारलाई गुहार्नुभएन,’ स्रोत भन्छ, ‘आफ्नो जग्गामा घर बनाइदिने कुरा त झन् हास्यास्पद हो । औपचारिक वा अनौपचारिक रुपमा यस विषयमा कुनै पनि सरसल्लाह भएको छैन ।’

राष्ट्रपति कार्यालयले मुख्यसचिवको कार्यालयलाई राष्ट्रपतिको अवकासपछि समन्वय गरिदिन पत्राचार गरेको थियो । राष्ट्रपतिका प्रेस विज्ञ टिका ढकालका अनुसार उक्त पत्रमा निवासको विषयमा केही पनि उल्लेख गरिएको छैन ।उनले भने, ‘राष्ट्रपतिको पदावधि सकिने मितिबारे औपचारिक जानकारी सरकारबाट गराइनुपर्ने तथा सुरक्षा समन्वय गर्नुपर्ने भएकाले एउटा पत्र पठाइएको थियो । राष्ट्रपतिज्यू अवकाशपछि आफ्नै निजी निवासमा सर्ने तयारीमा रहनुभएकाले आवासका सम्वन्धमा सरकारसँग औपचारिक वा अनौपचारिक केही पनि प्रस्ताव गरिएको छैन । न त कुनै सरकारी निकायले नै केही तयारी गरेको हाम्रो जानकारीमा आएको छ ।’सरकारले पूर्वपदाधिकारी दिने सुविधाबारे स्पष्ट कानून बनेको छैन ।

मन्त्रीपरिषदको निर्णयका आधारमा पूर्वपदाधिकारीहरुले सुविधा भोग गर्दै आएका छन् । पूर्वराष्ट्रपति यादवले मन्त्रीपरिषद निर्णयबाटै आवास लगायत विभिन्न सुविधा लिएका हुन् । उनको निजी घर बागडोलमा सुनसान छ भने त्यही नजिकै सरकारले उनलाई मासिक दुई लाख (प्रत्येक वर्ष बढ्ने गरी) को घर भाडामा लिएर राखेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group