काठमाडौैं १८माघ । आफ्ना सांसद अरुण कुमार चौधरी पक्राउ परेपछि सो पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता गर्न सक्ने चेतावनी दिएकी छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई नियन्त्रणमा लिएको विरोध गरेकी छन्।
‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ’ उनले फेसबुकमा लेखेकी छन्।
सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। तर उनले कैद भुक्तान नगरेर फरार थिए।
प्रतिक्रिया दिनुहोस्