ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो


ABC NEWS
२४ माघ २०७९, मंगलबार   ७ : ०१   बजे

काठमाडौं २४ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँले बढाएको छ।

पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो
। निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोल १७५ र डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँमा विक्री भइरहेको थियो।

नियमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। एलपी ग्यास प्रतिसिलिन्डर १८ सय, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिलिटर १।४२० डलर रहेको निगमले जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन लिमिटेबाट फेब्रुअरी १ मा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८।०१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७।९८ र मट्टितेलमा प्रतिलिटर ४।६१ रुपैयाँले बढेर आएको थियो भने खाना पकाउने एलपी ग्यास केही घटेर आएको थियो।

फेब्रुअरी १ देखि १५ सम्मको अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको सोमबारको निर्णयअनुसार इन्धनको खुद्रा बिक्री मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमलाई इन्डियन आयल कर्पोरेसनले १५(१५ दिनमा मूल्यसूची पठाउने गर्छ, सोहीअनुसार निगमले इन्धनको मूल्य समायोजन गर्ने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu