ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)


एबीसी न्यूज
२४ माघ २०७९, मंगलबार   १२ : ५५   बजे

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट नेपालको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरीएसँगै नेपालमा राजनितिक अस्थिरताको सुरुवात हुने आँकलन सुरु भएको छ ।

५ वर्षे म्याण्डेड दिएर संसदमा पु¥याएका दलहरुको राजनितिक अस्थिरताको संकेतले आम जनतामा निराशा देखिएको छ । नेपाल राजनितिक रुपमा अस्थिरता तर्फ गइरहेको इतिहासलाई हालसम्म पनि बदल्न सकेको छैन । राजनितिक दलहरुको खिचातानीका कारण नयाँ सरकार बनेको ४२ दिनमै सत्ता गठबन्धनबाट रास्वपा बाहिरीएपछि नेपालको राजनिति थप अस्थिरतातर्फ धकेलिएको छ । यसले विदेशी शक्तिशाली देशहरुको ध्यान थप नेपाल तर्फ खिच्ने देखिएको हो । हुनत अस्थिरताका कारण नेपालमा छोटो समयमै सरकारहरु बदलिने गरेको निकै लामो समय भइसकेको छ । पछिल्लो समय नेपालमा प्रधानमन्त्री मात्र होइन राष्ट्रपति निर्वाचनको विषयलाई पनि निकै चासोका साथ छिमेकी मुलुकहरुले हेरिरहेको पाइन्छ । नेपालमा विदेशी हस्तक्षेप हुँदै आएको र त्यो हरेक वर्ष बढ्दै जाने गरेको इतिहास साक्षी छ । परराष्ट्रविद एवं पूर्व राजदुत डा. शम्भुराम सिम्खडाका अनुसार छिमेकी मुलुकहरु साच्चिकै विकसित र शक्तिशाली बन्दै गर्दा र नेपालको विचलित राजनितिक अवस्थाका कारण यो समस्या बढ्दै गएको छ । नेपालको हालको राजनितिक अवस्था निकै चाखलाख्दो भएको भन्दै डा. सिम्खडाले नेपालको भुराजनितिक स्थितिलाई नेपाल कता जान्छ र उनीहरुको सोचअनुसार हुन्छ या हुदैन भन्ने तर्फ छिमेकी मुलुकहरुको ध्यान नेपालतर्फ आएको बताए ।

डा. सिम्खडाका अनुसार नेपाल असंलग्न राष्ट्र भएपनि २०१४ बाट नजिक भएको इतिहासमा अहिले अमेरिकाले पनि नेपालमाथि आफ्नो अनुकुलता खोजिरहेको छ । हाल नेपाल आन्तरिक राजनितिक परिवर्तनको संघारमा हुँदा विश्वव्यापी विकासको तीव्र गतिमा हिडेका छिमेकी मुलकद्धोय र भारत दुबैले नेपाललाई आफ्नो अनुकुलतामा प्रयोग गर्न खोजेको उनले बताए । त्यसकारण नेपालजस्तो भूरणनितिक देशमा यी दुबै देशहरु महत्वपुर्ण उपस्थिती जनाउन चाहने र यस किसीमको समयमा आन्तरिक परिवर्तनलाई पनि व्यवस्थापन गर्ने र विदेशी शक्तिहरुलाई पनि सोही हिसाबले सञ्चालन गर्नतर्फ यो देशको राजनितिक नेतृत्वले सोच्न आवश्यक रहेको उनी बताउँछन् । अन्यथा नेपाल युक्रेन, बंलादेश जस्ता देशहरुको हालतमा पुग्ने उनले चेतावनी पनि दिएका छन् । नेपालको आन्तरिक विभाजित राजनितिक अवस्था छ ।

त्यस्तै वामपन्थी विश्लेषक, निर्मल भट्टराईले विदेशी शक्तिको बढावा दिने शक्ति तथा विदेशी, कुटनितिक शक्तिहरुलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक रहेको बताए । यसो गरेमा मात्र यो देशको आर्थिक सम्बद्धि र उन्नती हुने बताए । दुईटा छिमेकी देशहरुलाई समभावको हिसावमा मित्रता अगाडी बढाइराख्ने पनि उनको सुझाव छ । यसका साथै नेपालले कुनै पनि देशको झुकाव तथा विरुद्धमा नलाग्न पनि बताएका छन् । सरकार अस्थिर भइरहेको अवस्थामा मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुने छ ।

त्यसैले राजनितिक दलहरुले एकताबद्ध भएर सरकारलाई एकताबद्ध रुपमा अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुपर्ने छ । नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवै दलका नेतृत्वहरुको ध्यान जान जरुरी छ । यसका लागि सबै दलहरुको साझा समर्थनमा स्थीर सरकार बनाउनतर्फ लाग्नुपर्ने छ । नेपालको आन्तरिक मामिलामा चरम हस्तक्षेप भैरहेको, नेपालको राष्ट्रिय स्वाधिनतामाथि चरम संकट पैदा भैरहेको अहिलेको अवस्थामा नया सरकारको अस्थिरता निकै संवेदनशील विषय बनेको छ । यसका लागि नेपालको सम्पुर्ण राजनीतिक पार्टीका नेताहरु सरकार वा सत्ताको लोभ भन्दा माथि उठ्न आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu