ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता


एबीसी / संवाददाता
२५ माघ २०७९, बुधबार   ६ : २८   बजे

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति बताएका हुन् ।

स्रोतका अनुसार सत्ता साझेदार दलभित्र समस्या आउन नदिन प्रचण्ड लागिपरेका छन् ।

गैरसांसदका रूपमा गृृहमन्त्री बन्ने योजना असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता बहिर्गमनपछि कुनै पनि बेला सरकारमा समस्या आउने र त्यसबेला अस्थिरता हुने खतरा देखेर प्रधानमन्त्रीले जसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन प्रयास थालेका हुन् ।

जसपाले प्रचण्डलाई सरकार बनाउन समर्थन गरेपनि सरकार भने सहभागी छैन ।

“प्रधानमन्त्रीसँग छलफल भयो, खासै उल्लेख्य केही भएन,” भेटबारे जसपा अध्यक्ष यादवले भने, “हामी सरकार बाहिर छौँ, समर्थन गरिराखेका छौँ ।”

प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको एकीकृत समाजवादी कांग्रेससहितको गठबन्धनमा छ । तर, प्रचण्ड एकीकृत समाजवादीलाई ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले पार्ने अप्ठ्यारो साम्य पार्न चाहन्छन् ।

तीन शीर्ष नेताबीच समाजवादी मोर्चा बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । तीन नेताबीच मंगलबार बेलुका ७ बजेदेखि २ घन्टा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu