ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामपाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट


एबीसी / संवाददाता
२६ माघ २०७९, बिहिबार   ६ : ०१   बजे

काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका छन् । उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो ।

आज कामपाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अंक प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरेको जानकारी दिइयो ।

प्राप्तमध्ये आङ्शिक कागजपत्र र प्रमाण नपुगेका एक सय तीन वटालाई प्रतीक्षा सूचीमा राखिएको छ । एक सय अंकमा गरिएको मूल्यांकनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र सङ्ख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अंक प्रदान गरिएको थियो ।

बैठकले सचेतनामूलक कार्यक्रमका लागि दुई लाख ५० हजार र रोजगारमूलक कार्यक्रमका लागि पाँच लाख उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन् । गत पुस २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्यांकन गर्न वडा नम्बर २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी थिए ।

कामपामा कार्यक्षेत्र भएका गैरसरकारी संघ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको थियो । दश वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न संघ संस्था, फाउण्डेसन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ प्रस्ताव परेका थिए । एक करोड विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनौट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतिक्षा सूचीमा राखिएको छ ।

‘नमुना छात्रा सांसद कार्यक्रम’ का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो । यो छनौट भएको छ । यो कार्यक्रमका लागि १० लाख विनियोजित छ । एक करोड विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थालाई कार्यक्रम सहयोग’ मा २७ प्रस्ताव आएका पर्छन् । तीमध्ये १२ छनौट भएका छन् भने १५ प्रतीक्षा सूचीमा छन् ।

‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैंगिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’ का लागि २५ लाख छ । यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेस भएका थिए । तीमध्ये १४ छनौट भएका छन् र ४७ प्रतीक्षा सूचीमा छन् । २० लाख विनियोजित ‘अपांगताको क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य’ कार्यक्रममा १३ प्रस्ताव परेका थिए । यीमध्ये नौ वटा छनौट भएका छन् । चार प्रतीक्षा सूचीमा छन् ।

‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदान’ शीर्षकमा २० लाख विनियोजन गरिएको छ । यस क्षेत्रका लागि तीन वटा प्रस्ताव पेश भएका छन् । ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रलपाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न सङ्घ संस्थालाई सहयोग’कार्यक्रमका लागि सात वटा संघसंस्थाको प्रस्ताव परेको थियो । यस शीर्षकमा ६० लाख विनियोजित छ ।

त्यसैगरी २० लाख विनियोजित ‘अपांग लक्षित खेलकुद कार्यक्रम’ का लागि चार वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये दुई वटा छनौट भएका छन् । दुई वटा प्रतीक्षा सूचीमा छन् । ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’ मा आठ वटा प्रस्ताव पेश भएका थिए । ५० लाख बजेट विनियोजन भएको यस शीर्षकमा छ वटा छनौट भएका छन् । दुई वटा प्रतीक्षा सूचीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

सम्बन्धित

म्याग्दीका मुख्य सडकमा रात्रिकालीन यातायात बन्द

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

बागलुङ बजारमा सद्भाव र्याली

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu