ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण


एबीसी न्यूज
१ फाल्गुन २०७९, सोमबार   २ : ११   बजे

काठमाडौं, १ फागुन । ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । गत साता सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको होे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ । हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रुपमा पहिचान भएका छन् ।

गाउँपालिका—४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन् । तेल्लोकपछि बाँकी ७ वडाहरूमा क्रमश: परिचयपत्र वितरण गरिने भएकोे छ ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समय–समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्यजस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ ।

एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा अन्य पालिकाले भने गरिबको विवरण सङ्कलन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu