झापा, १२ माघ । झापा कारागारमा जेल जिवन बिताइरहेका एक कैदीबन्दीलाई उपचारका लागि लैजाने क्रममा शुक्रवार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ निवासी ४१ बर्षीय नवराज श्रेष्ठ रहेको झापा कारागार भद्रपुरले जनाएको छ । केही महिनादेखि मुटु रोगबाट पीडित श्रेष्ठलाई अञ्चल अस्पताल भद्रपुरमा उपचार गराइएको थियो ।
अञ्चल अस्पतालमा उपचार संम्भव नभएपछि कारागार विभागको सहकार्यमा उनलाई काठमाडौं लैजाने क्रममा एम्बुलेन्स भित्रै सिन्धुली पुगेपछि मृत्यु भएको झापा कारागारका जेलर यज्ञराज निरौलाले जानकारी दिए ।
जबरजस्ती करणी अभियोग पक्राउ परेका श्रेष्ठलाई झापा जिल्ला अदालतले १० बर्ष कैद सजाय तोकेको थियो । श्रेष्ठ २०७० पुस २८ गतेदेखि जेल जिवन बिताइरहेको जेलर निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस्