बुटवल, १३ माघ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब रक्षामन्त्रि बालकृष्ण खाणले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाण्डौ र पोखरा ठप्प हुन सक्ने चेतावनी दिनुभएको छ । तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोस्रो अधिवेसनको शनिवार मणिग्राममा उद्घाटन गर्दै नेता खांडले रुपन्देहीले बिभिन्न संकटका बेला काठमाण्डौलाई घुडा टेक्न बाट बचाएको दाबी गर्नुभयो । मुकाम सार्न केहि शक्तिले चलखेल गरेको आरोप लगाउदै कसैको पनि मुकाम सार्ने निर्णय मान्य नहुने बताउनुभयोे ।
जनप्रतिनिधिको संख्याका हिसावले पनि रुपन्देहीलाई मुकाम हुनबाट कसैले रोक्न नसक्ने उहांको भनाई छ ।
तिलोत्तमा नगरपालिकाले बिकासको ठुलो सम्भाबना बोकेको भन्दै उहाले यहाको बिकासको प्रभाव मुलुकभरि पर्ने बताउनुभयो । मुलुकमा भएका सबै ठुला राजनितिक परिवर्तनहरुमा ठुलो भुमिका खेलेका यस क्षेत्रका नागरिकहरुलाई राज्यले सम्मान गर्नुपर्ने उहाको भनाई थियो ।
अधिवेसनले पुन : गुणनिधि भण्डारीको अध्यक्षतामा २१ सदस्य रहेको नया कार्य समिति निर्बिरोध चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा, बाणिज्य उपाध्यक्षमा हरिलाल पाण्डे, महासचिवमा कमल कडेल रहेका छन । त्यस्तै सचिवमा बिष्णु भण्डारी, सह सचिवमा टिकाराम भण्डारी, कोषाध्यक्षमा सुरज पंगेनि र सह कोषाध्यक्षमा अमृत भुषाल निर्बिरोध भएका छन ।
प्रतिक्रिया दिनुहोस्