ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेका–माकेसहितको पुरानो गठबन्धनकौ बैठक बस्दै, नेकाबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उमेद्वार !


ABC NEWS
११ फाल्गुन २०७९, बिहिबार   २ : ५३   बजे

काठमाडौं ११ फागुन । मंसिर ४ गतेको चुनाव हुनु केही दिनअघिसम्म एउटै गठबन्धनमा रहेका चार दलहरूको बैठक बिहीबार साँझ बस्दैछ।
राष्ट्रपतिको चुनाव सँगसँगै पुरानो गठबन्धन पनि ब्युँताउने नेपाली कांग्रेस र माओवादी केन्द्रको अनौपचारिक सहमतिपछि आज चार दलका नेताहरू बस्न लागेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक बस्न लागेको हो।
‘आज साँझ बैठक बस्दैछ। ठाउँ टुंगो लागेको छैन,’ एकीकृत समाजवादीका एक नेताले भने।
चार दलको बैठकअघि जसपा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी केन्द्रका नेताहरूसँग बैठक गर्दैछन्। जसपा र माओवादीबीच दिउँसो ३ बजे कुराकानी हुने बताइएको छ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।
आज सांझ हुने बैठकले नयां सत्ता गठबन्धनको स्वरुप र राष्ट्रपतिको गैर वामपन्थी उमेद्वारको टुंगो लगाउने छ । स्रोतका अनुसार नेका–माके–एस–जसपा–जनमत सहतिको गठबन्धनबाट नेका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उमेद्वार बन्नेछन् । अझैसम्म पनि नेका नेता कृष्ण सिटौलाले राष्ट्रपतिको उमेद्वार बन्न कोशिश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group