ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिबारे दलहरूको आज निर्णायक वार्ता


एबीसी / संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार   ७ : १२   बजे

काठमाडौँ, १२ फागुन । राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरूको आज निर्णायक वार्ता हुँदै छ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्रंका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने छन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ ।

जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र श्रेष्ठका अनुसार आज बिहान नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ । बिहीबार माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताउने तयारीलाई औपचारिकता दिने नेताहरू बताउँछन् ।

कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा केन्द्रित हुने अर्का एक नेताले बताए । २७ गते हुने राष्ट्रपति पदनको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरू आजै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो एमाले अध्यक्ष ओलीसँग पनि भेटवार्ता गर्ने भने पनि त्यो औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । एमाले अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरिसकेको छन् । उनले एमालेसमेत वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने भनेर गरेको निर्णय गलत भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu