काठमाडौं १२ फागुन । पुरानो चुनावी गठबन्धनमा रहेका नेका–माके–एस र जसपा समेतको बैठकले राष्ट्रपति र उपपराष्ट्रपति पदबारे सहमति गरेको छ । सहमति अनुसार राष्ट्रपति पदको उमेद्वार नेका र उपराष्ट्रपति पदमा माकेका तर्फबाट उमेद्वारी निश्चित भएको छ । यस अघि राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी थियो ।
बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुरानो गठबन्धन ब्युताउने सहमति ब्युँताउने सहमति भयो । राष्ट्रपति साँझ टुंग्याउछौं ।’ बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा समाहित गराउने चार दलबीच सहमति भएको छ ।
शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरुले बताएका छन् ।
कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘अर्को बैठक पुनः साँझ ५ बजे हामी बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्