काठमाडौं १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीसको सरकारी निवास बालुवाटार पुगेका छन् ।
यस अघि विहान (शुक्रबार) तीन घन्टा लामो बैठक पुराना गठबन्धनका चार दलबीच भएको थियो । पुरानो चुनावी गठबन्धनका बीच राष्ट्रपति पदमा कांग्रेस उमेद्वारलाई समर्थन गर्ने सहमति भएको थियो ।
पुरानो गठबन्धनका ४ दलबीच सांझ बैठक बस्ने तय भएलगत्तै प्रधानमन्त्रीसँग वार्ता गर्न ओली बालुवाटार पुगेका हुन्।
बुधबार र बिहीबार भएका दलहरुबीचको छलफलमा पुरानो गठबन्धन व्युँताउनेगरी छलफल भएपछि एमाले अध्यक्ष ओलीले बिहीबार जनयुद्ध दिवसमा दिइएको विदाप्रति कटाक्ष गर्दै माओवादीमा हिंसाको धङधङी रहेको टिप्पणी गरेका थिए।
ओलीले गरेको टिप्पणीले गठबन्धन धरापमा परेको संकेत गरिसकेको थियो।
यद्यपि अहिले हुने निर्णायक वार्ताले कस्तो मोड लिन्छ यसै भन्न कठिन छ।
ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए।
तर, राष्ट्रपति निर्वाचनको मनोनयन शनिबार हुँदैगर्दा सत्ता साझेदार दलहरु छिन्नभिन्न हुने खतरा बढेको छ।
प्रतिक्रिया दिनुहोस्