काठमाडौं १२ फागुन । सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेका सहित ८ दलको तर्फबाट राष्ट्रपति निर्वाचनका लागि साझा उमेद्वार कांग्रेसको तर्फबाट बनाउने निर्णय गरेको छ । शुक्रबार सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नयां सहमति गरेको हो ।
बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ।
नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।
ज्वालाले उपराष्ट्रपतिको उम्मेदवारबारे कुनै कुरा नभएको बताए। उनले दलहरुले आ–आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको बताए।
उनले एकीकृत समाजवादीले के लिने भन्नेबारे अहिले कुरा भइनसकेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्