ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले धोकधडी गरेर देशलाई अस्थिरतामा लैजाने छुद्र खेल खेले : एमाले


ABC NEWS
१२ फाल्गुन २०७९, शुक्रबार   ८ : १४   बजे

काठमाडौं १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेर पुस १० गतेको सहमति च्यातेको आरोप लगाएको छ । सत्तासाझेदार एमाले क्रुद्ध बनेको छ ।

प्रचण्डले धोकाधडी र दाउपेचको राजनीति गरेको एमालेले आरोप लगाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशलाई अन्तहीन अस्थिरतामा लैजाने खोजेको आरोप लगाए । ‘यो निर्णयले मुलुकलाई अन्तहीन अस्थिरतामा लग्यो भन्ने हाम्रो ठहर छ’, ज्ञवालीले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति बसेको माओवादी, नेकपा एस, जसपालगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरेर प्रचण्डले छुद्र खेल खेलेका ज्ञवालीको आरोप छ।

‘राजनीतिमा कति धेरै धोकाधडी, दाउपेच र कुनै कुरालाई विश्वास गर्न गर्न नसक्ने खालका छुद्र खेल हुन्छन् भन्ने देखायो’, ज्ञवालीले भने ।

एमालेले राष्ट्रपति निर्वाचनमा वैदेशिक हस्तक्षेप भएको समेत निष्कर्ष निकालेको छ । ‘समग्र घटनाक्रममा बाह्य पक्ष सक्रिय भएको र दौडधूप गरेको देखियो, यसले नेपालको स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुण्ठित गरेको अवस्था छ, समष्टिगतमा दुभाग्यपूर्ण निर्णय भयो’, ज्ञवालीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu