ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसकारण ‘ब्याक’ भए माधव नेपाल


एबीसी / संवाददाता
१३ फाल्गुन २०७९, शनिबार   ७ : १८   बजे

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्दा पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेपाललाई वचन दिएका थिए । तर, अन्तिम समयमा भने प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरे । जबकि प्रचण्ड, नेपाल र उपेन्द्र यादवबीच नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र त्यस विषयमा कांग्रेस र एमालेसँग कुराकानी गर्ने सहमति बनेको थियो ।

तर, कांग्रेसले राष्ट्रपतिको अडान कायमै राखेपछि नेपाललाई एक वर्ष सरकारको नेतृत्व दिने, पावर सेयरिङमा भागबन्डा गर्ने भन्दै राष्ट्रपतिको दाबी छोड्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका थिए ।

अर्कोतिर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको भोटले मात्रै नजितिने अवस्था आएपछि नेपाल पनि ओलीको प्रस्तावमा सहमत हुन नसकेको उनीनिकट नेताहरू बताउँछन् । २०६५ सालमा पनि नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलेको थियो । त्यसबेला पनि राष्ट्रपति बनाउने भनेर प्रचण्डले नै नेपाललाई बचन दिएका थिए ।

तर, यसपटक भने सत्ता गठबन्धनमा अध्यक्ष नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ जुटेको छ । महत्वपूर्ण मन्त्रालयसहित एकीकृत समाजवादी सत्तामा जाने निर्णय भएको पनि नेताहरू बताउँछन् ।

पार्टीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्रीमा आलोपालो, उपराष्ट्रपति र पावर सेयरिङमा ४ दल बसेर टुंग्याउने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu