काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समससम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
गत पुस १० गते नेकपा (माओवादी केन्द्र)सहित सत्तारूढ दलसँगको छलफमा एमालेले राष्ट्रपति पाउने सहमति भएअनुसार नै एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरूङको भनाइ छ ।
“हामीले पुस १० गतेको सहमतिअनुसार नै हाम्रो पार्टीका तर्फबाट उपाध्यक्ष नेम्वाङलाई उम्मेदवार बनाएका छौँ,” उनले भने, “हामी पुस १० गते जे निर्णय भएको थियो । त्यसैमा जानु पर्दछ भन्ने हाम्रो जोड छ ।”
प्रतिक्रिया दिनुहोस्