काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजीनामा बुझाएका हुन् ।
राप्रपाबाट प्रचण्ड सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्