काठमाडौँ, १५ फागुन । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । आइतबार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । मन्त्रिपरिषद्बाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव विष्णु रिजालले जानकारी दिए ।
परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पूर्वकानुनमन्त्री हरि बन्दीलाई जेनेभा पठाएपछि प्रधानमन्त्रीसँग एमालेको थप तिक्तता बढेको छ ।
प्रतिक्रिया दिनुहोस्