काठमाडौं १५ फागुन । प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका सबै (आठजना) मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले राजीनामा पत्र बुझाएका हुन्।
एमाले सोमबार बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयसहित समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो।
प्रतिक्रिया दिनुहोस्