ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने


एबीसी न्यूज
१५ फाल्गुन २०७९, सोमबार   ४ : ४५   बजे

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन्।  नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन्।

उनले संविधानको धारा १०० को उपधारा दुईबमोजिम विश्वासको मत लिन लागेका हुन्। उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचनपछि विश्वासको मत लिँदा झमेला आइपर्ने भएकाले अगाडि नै लिने तयारी छ। ‘प्रधानमन्त्रीज्यूले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। सोही अनुसार उहाँले २५ गते अगाडि नै विश्वासको मत लिने तयारी गर्नुभएको छ,’ सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन्।

विश्वासको मत लिनु अगावै मन्त्रिमण्डल पुनर्गठन गर्दा दलहरूबीच झमेला हुने माओवादी केन्द्रका एक सांसदले बताए। ‘यसअघि पनि प्रधानमन्त्रीज्यूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको थियो। यसपटक पनि त्यही गर्नुहुन्छ। राष्ट्रपतिको निर्वाचन पछाडि विश्वासको मत लिँदा झमेला व्यहोर्नुपर्छ। यसबारे प्रधानमन्त्रीज्यू सचेत हुनुहुन्छ,’ ती सांसदले भने। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धन दलहरूबीच छलफल भइरहेकाले केही दिनभित्रै टुंगो लाग्ने बताए। ‘नेकपा एमाले आज मात्रै सरकारबाट बाहिरिएको छ। प्रधानमन्त्रीज्यूले छलफल गर्न पाउनुभएको छैन। केही दिनभित्रै विश्वासको मत लिनेबारे निर्णय गर्नुहुन्छ,’ उनले भने।

गत पुस १० गते नेकपा एमालेसहित १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। उनले नेपाली कांग्रेसहितका दलहरूबाट २६८ मत पाएका थिए। फागुन १२ गते ८ दलीय गठबन्धन बनेसँगै प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।

प्रचण्ड नेतृत्वको सरकारलाई ८ दलका १५३ जना सांसदको साथ रहेको छ। प्रधानमन्त्रीसँग नेपाली कांग्रेस ८८, नेकपा माओवादी केन्द्र ३२, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, नागरिक उन्मुक्ति ४ र राष्ट्रिय जनमोर्चा एकसहित १५३ सांसदको साथ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu