ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


एबीसी / संवाददाता
१६ फाल्गुन २०७९, मंगलबार   ६ : ११   बजे

सिरहा, १६ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

यहाँस्थित कमला पुलको स्थलगत निरीक्षण गर्ने क्रममा उनले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिएका हुन् । “निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ । बोल्ने एउटा र गर्ने अर्को कुरा अब सह्य हुँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, “राज्यद्वारा जनतालाई हानि नोक्सानी पुर्‍याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हुँदैन, छुट दिन सकिँदैन । यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षणका लागि आएका हुन् । यस क्रममा उनले १२ वर्षसम्म निर्माण कार्य सम्पन्न नभएको कमला पुललाई गुणस्तरीय ढंगले र निर्धारित समयमै सम्पन्न गर्ने गरी प्राविधिक टोलीसहित कमला पुलको निरीक्षण गर्न आएको पनि जानकारी दिए ।

उच्च स्तरको सरकारी अनुगमन तथा निरीक्षण भए पनि स्थानीय जनता भने समयमै पुलको काम सकिन्छ भन्नेमा विश्वस्त छैनन् । “मन्त्रीज्यू निरीक्षणमा आउनुभएको राम्रो हो तर औपचारिकताका लागि मात्र नहोस्”, सिरहा नगरपालिका–७ का कपिलदेव यादव भन्छन्, “पुल निर्माण सुरु भएको १२ वर्षसम्म कति मन्त्री आए, गए तर जनताको समस्या जहाँको त्यहीँ । अब त जनताको आश पनि मरिसक्यो ।”

सञ्चालन नहुँदै २० महिनाअघि भासिएको हुलाकी सडकको मेरुदण्ड र मधेस प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०६८ सालमा शिलान्यास भई निर्माण थालिएको पुल २०७८ साल असार १७ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पायर जमिनमा भासिएको थियो । त्यसको चार महिनापछि कात्तिक ३ मा पुलको धनुषातर्फबाट तेस्रो पायर पनि भासियो । त्यसले सिरहा र धनुषालाई छोटो दुरीमा जोड्ने सपना तत्कालका लागि तुहियो । पुल पुनर्निर्माणका लागि हुलाकी सडक संघर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम पनि भइरहेका छन् ।

पुल भासिएको यतिका समयसम्म पनि कुनै निकायबाट वास्ता नहुँदा सिराहा, सप्तरी र धनुषाका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group