ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तामोह, आपसी अविश्वास र धोकाधडीले मुलुक पुनः राजनीतिक अस्थिरताको लामो गोलचक्करमा (भिडियो)


एबीसी न्यूज
१६ फाल्गुन २०७९, मंगलबार   १० : १५   बजे

काठमाडौ, १६ फागुन । ताजा जनादेशपछि पुस १० मा बनेको सत्ता गठबन्धन मधुमाससमेत पूरा नगर्दै भत्किएको छ । सिंहदरबार छिरेको ६२ दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटका बेला आफैँलाई साथ दिने गठबन्धन तितरबितर पारिदिएका छन् । सतहमा जे देखिए पनि अन्तर्यमा भने नेताहरूको सत्तामोह, आपसी अविश्वास र धोकाधडीले मुलुक पुनः राजनीतिक अस्थिरताको लामो गोलचक्करमा फस्ने देखिएको छ । त्यसो त, प्रधानमन्त्री प्रचण्ड राजनीतिलाई सम्भावनाको खेल ठान्छन् । आफनो अस्थिर चरित्रलाई गतिशील मान्छन् । अनि, त्यही ‘गतिशीलता’बाट शक्ति आर्जन हुने विश्वास गर्छन् ।

नया सरकार बनेको कम्तीमा तीन महिना आमनागरिकमा उत्साह जगाउनुपर्ने हो । संविधानले सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेर कम्तीमा दुई वर्ष स्थिर सरकारको परिकल्पना गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले दुई महिनामै संघीयसगै प्रदेश सरकारसमेत अस्थिर बनाइदिएका छन् । कतिसम्म अस्थिरता देखियो भने, आफू प्रधानमन्त्री बन्न एउटा गठबन्धन बनाए । अनि, आफूले चाहेको व्यक्ति वा पार्टीलाई राष्ट्रपतिमा ल्याउन त्यो भत्काइदिए । १० पुसमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटबाट प्रधानमन्त्रीको दाबी गर्न शीतल निवास पुगेका प्रचण्ड २५ पुसमा कांग्रेसको पनि साथ खोज्दै सभापति शेरबहादुर देउवा निवास पुगे । २६ पुसमा कांग्रेसले ‘रणनीतिक रूपमा’ विश्वासको मत दिएपछि प्रचण्ड सत्ता र प्रतिपक्षका दुईवटै डुंगामा खुट्टा हालेर हिड्न थाले ।

प्रधानमन्त्री भएको दुई महिनामै उनी ओलीको डुंगा छोडेर देउवाको पुरानै डुंगामा सरेका छन् । दुई महिनाको राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो हानि भने लोकतन्त्र र राजनीतिलाई भएको छ । संवैधानिक र आलंकारिक पदको रूपमा रहेको राष्ट्रपति छान्न दलहरूले जे–जे उछलकुद गरे त्यसले एकातिर राष्ट्रपति पदको गरिमालाई हलुका बनाएको छ भने अर्कातिर आममानिसमा नेताहरूप्रतिको विश्वास पातालमा पुगेको छ । नेताहरूले निष्ठा र सिद्धान्तको राजनीति गर्दैनन् बरू धोका र जालझेलको खेल खेल्छन् भन्ने कुरा नागरिकको मनमा गढेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको चिसो सम्बन्ध पुस–माघको घामले के तताओस् ! दुई महिनायता यी दुई नेताबीच लगातार घाम–संवादहरू भए तर तिक्तता र चिसोपन हटेन ।

नतिजा, फेरि सम्बन्धविच्छेद भयो । २०७४ मा पार्टी एकता गर्दा उनीहरूले बालुवाटारको बगैंचामा जापानी प्रजातिको बिरुवा जिन्को रोप्दै भनेका थिए, ‘जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अणु बम खसाल्दा जिन्को नमरेजस्तै हाम्रो एकता पनि मर्नेछैन ।’ तर ओली–प्रचण्डले पार्टी एकता त बचाउन सकेनन् नै, केहि महिना अघिमात्रको पनि टिकाउन सकेनन् । बरु, हरेक छ महिनामा रङ फेर्ने जिन्कोको पातले भन्दा पनि छिटो ओली–प्रचण्ड सम्बन्धले रङ फे¥यो । दुई महिनामा हाम्रा दुई छिमेकी मुलुकबाट भएका भ्रमण र भेटघाटले पनि आमनागरिकमा हाम्रो राजनीतिमा बाह्य चलखेलको प्रभाव साँच्चै महत्वपूर्ण हुने रैछ भन्ने पारेको छ । अस्थिरताका यी दुई महिनामा केही दल र नेताले लाभ र हानि व्यहोरे पनि मूल राजनीतिक पार्टीहरूप्रति आमनागरिकमा बढेको अविश्वास र विदेशी शक्तिको चलखेलबारे चुलिएको शंकाले दीर्घकालमा हाम्रो लोकतन्त्रलाई असर गर्ने छ । सरकारका १०० दिनलाई ‘हनिमुन डेज’ भन्ने गरिन्छ । यस अवधिभित्र सरकार ढाल्ने वा गठबन्धन बदल्ने त कुरै छोडौँ, सरकारको चर्को आलोचनासमेत गरिँदैन ।

तर, प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणका क्रममा बनेको गठबन्धन भने यही ‘हनिमुन डेज’ मै टुटेको छ । पुष २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव राख्दा विपक्षमा बस्ने अनुमान गरिएका कांग्रेस, एकीकृत समाजवादी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलले समेत सरकारलाई समर्थन गरे । प्रतिनिधि सभामा १/१ सिट भएका दुई साना दल राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मात्रै विपक्षमा बसेका थिए । यो घटनापछि एमालेसहितको गठबन्धन लामो नजाने आशंका गरिएको थियो ।

स्वयम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बोल्दै आशङ्का व्यक्त गरेका थिए । उनले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर ‘ढोक्सा’ थापेको तर त्यसमा माछा नपर्ने बताएका थिए । तर राष्ट्रपति पद कांग्रेसको भागमा परेसँगै ‘ढोक्सा’मा माछा परेको छ । राजनीति केही थान नेताको सत्तालिप्साको हतियार बनेको छ । यो एउटा शक्तिको खेलमा सीमित हुदै गएको छ । यहा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, लोककल्याणका कुरा, जनमुद्दा सबै गौण भएका छन । एउटा नेताले अर्कोलाई पछारेको दृश्यले एकै छिन त रोमाञ्चित भइएला तर यो प्रवृत्ति हुर्कंदा राजनीतिक संस्कार र मूल्य धराशायी हुदै अस्थिरता र निराशा मात्रै हात लाग्नेछ । समाजका लागि यो गम्भीर चिन्ताको विषय हो । राष्ट्रिपति निर्वाचनको पूर्वसन्ध्यामा मञ्चन भएको यस्ता दृश्यले हाम्रो राजनीतिकता जाँदै छ । यो सोचनिय विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu