ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने


एबीसी न्यूज
१६ फाल्गुन २०७९, मंगलबार   ९ : ५०   बजे

काठमाडौं, १६ फागुन ।  लुम्बिनी प्रदेशमा दुई साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नेकपा एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो। बुधबार बस्ने प्रदेश सभा बैठकमार्फत समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले बताए। बर्दिया क्षेत्र नं. १ (२) बाट निर्वाचित चौधरीले केन्द्रको निर्णय अनुसार आफूहरूले सरकार छाड्न लागेको बताए। ‘भोलिको प्रदेशसभा मार्फत् हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने छौं,’ उनले भने, ‘लुम्बिनीमा एमाले नेतृत्वको सरकारको औचित्य समाप्त भएको हाम्रो बुझाइ छ।’ लुम्बिनी प्रदेशसभामा उन्मुक्ति पार्टीका चार सांसद छन्। यस्तै लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले पनि एमालेलाई दिएको समर्थन बुधबार फिर्ता लिने बताए। उनी रूपन्देही ३ (१)बाट निर्वाचित सांसद हुन्। बुधबार बिहान ११ बजे यसबारे निर्णय गर्न दाङमा आठ दलका संसदीय नेताहरूबीच बैठक समेत रहेको बताए। ‘केन्द्रमा जस्तै लुम्बिनीमा कसरी सरकार निर्माण गर्ने भन्ने बारे छलफल गर्न आठ दलीय गठबन्धनको बैठक बस्न लागेको हो,’ उनले भने, ‘फागुन १९ गतेसम्म आठ दलीय गठबन्धनको सरकार निर्माणको लागि खाका तयार पारी सक्ने सल्लाह छ।’

लुम्बिनी प्रदेश सभामा लोसपाका तीन सांसद छन्। बुधबार दिउँसो १ बजेका लागि लुम्बिनी प्रदेश सभाको बैठक आह्वान गरिएको छ। झन्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्न लागेको हो। यसअघि गत माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचनामार्फत जानकारी दिएका हुन्। साना दुई दलले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्न थालेको हो। तत्काल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएपनि केही दिनमै समर्थन फिर्ता लिन सक्ने माओवादीका एक सांसदले बताए। लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन्। यो प्रदेशमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४(४, जनमत पार्टी र जसपाका ३÷३ जना सांसद छन्।
माओवादीबाट बिद्रोह गरी तीन जनाले स्वतन्त्र उठेर निर्वाचन जितेका छन्। जसमध्ये एक जनाले माओवादी प्रवेश गरिसकेका छन्। लुम्बिनीमा सरकार जोगाउन कम्तिमा पनि ४४ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ। गत पुस २७ गते नेकपा एमालेका संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २८ मा शपथ लिएका थिए। मुख्यमन्त्री नियुक्तिको एक महिनापछि मात्रै उनले मन्त्रिपरिषद विस्तार गरेका थिए।
मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका पाँच जना, माओवादीका तीन जना, राप्रपा र जनमत पार्टीबाट एक/एक जना मन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group