ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सहमति अपरिहार्य : विमलेन्द्र निधि


एबीसी / संवाददाता
१७ फाल्गुन २०७९, बुधबार   ६ : ३५   बजे

जनकपुरधाम, १७ फागुन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा पार्टी पूर्वउपसभापति निधिले पछिल्लो परिवर्तनको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) केन्द्रबीच दुरी बढ्दा देशले पनि दुःख पाउने भएकाले पुस १० को ‘कोर्स करेक्सन’ गर्दै राष्ट्रपतिका लागि एक ठाउँमा उभिएको बताए ।

“नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरू चुनावी गठबन्धन बनाएर आमनिर्वाचनमा गयौँ तर पुस १० पछि एक ठाउँमा रहेनौँ । त्यसको गल्ती हामी सबैले महसुस गरिसकेका छौँ”, उनले भने, “नेपाली कांग्रेसले पुस २६ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर ‘कोर्स करेक्सन’ का लागि प्रारम्भ गर्‍यौ र राष्ट्रपतिमा आठ दलको सहमति त्यसको परिणाम हो । यसबाट सबै लोकतन्त्रवादी शक्ति र जनता उत्साहित भएका छन् ।”

उनले सम्पूर्ण दलको सहमतिमा राष्ट्रपति चयन गर्ने चाहनामा नेकपा (एमाले) बाधक भए पनि संसद्मा रहेका १० दल सहमतिका लागि एक ठाउँमा उभिने विश्वास व्यक्त गरे । “आठ दल एक ठाउँमा उभिसकेका छौँ, आम जनता पार्टीले राष्ट्रपतिमा समर्थन जनाइसकेको छ । सरकारलाई समर्थन कायमै राखेकाले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हाम्रो विश्वास छ”, निधिले भने ।

उनले प्रधानमन्त्री दाहालले जुनसुकै दिन विश्वासको मत लिन चाहे पनि कुनै समस्या नरहेको बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, युनियनका उपाध्यक्ष अनिल कर्ण, नेता रामजी दाहाललगायतले आआफ्नो धारणा राखेका थिए ।

माघ २० गते बाराको कलैयामा भएको अधिवेशनबाट सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा मधेस प्रदेश कार्यसमिति निर्वाचित भएकोमा मंगलबार पदस्थापन गरिएको र मंगलबार नै प्रदेश कार्यसमितिको पूर्ण बैठक पनि राखिएको प्रदेश अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu