ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस महामन्त्री थापाले भने– यो गठबन्धन पाँच वर्ष तलमाथि हुँदैन, एमालेले धराप नथापे हुन्छ


एबीसी न्यूज
१९ फाल्गुन २०७९, शुक्रबार   ४ : ५२   बजे

काठमाडौं,१९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन्। आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन, उनले भने– उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाएका छन्। यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन. उनले भने, कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन। उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुसँग एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भने।

आठ दल एक ठाउँ छन्, ती दलका कार्यालय धाएर केही हुनेवाला छैन, उनले भने, यो जिस्काउने जस्तो काम भयो। हाम्रै गठबन्धनका साथीहरुले भोट दिने भए भन्दै हिँडिरहेका छन्। एकीकृत समाजवादी, लोसपा हामीसँगै छन् तर एमालेले आफूलाई भोट दिने भन्दै हिँडेछ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनको लहडले ५ वर्ष खेर गएको बताए। ु२०७४ देखि ७० सम्मको समय एउटा व्यक्तिको लहडले खेर गयो, उनले भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि अब हामीसँग पाँच महिना समय छ। त्यसैले अब हामीले यो अवधिका जनताले देख्ने गरी काम थालेर पाँच वर्ष पुर्‍याउनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu