जनकपुर, २० फागुन । लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीले ८ दलीय गठबन्धनबीच राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको स्पष्ट पारेका छन् ।
जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट परेका हुन् ।
“अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ । अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला,” उनले भने ।
नेता भण्डारीले गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्र नभइ प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि समेत बनेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्