ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म हुँ प्रकृति, मैले फुल्न छोड्नु हुँदैन (फोटो फिचर)


एबीसी न्यूज
२० फाल्गुन २०७९, शनिबार   १२ : ३९   बजे

काठमाडौं, २० फागुन ।  प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छाँै ।

दुनियाँलाई लोभ्याउने सामथ्र्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ । यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ तर प्रकृतिको संरक्षण गर्दैनौँ । गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । यदी प्रकृतिले पनि मानवजाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ? त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ । हामी मानवजातिले पनि प्रकृति झैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन । आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान छ । हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ ।

सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शितलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ । मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन । मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा लैजानुछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group