ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धिजिवीलाई ओलीको सुझाव–पढ्नुहोस्, लेख्नुहोस्, नकारात्मक टिप्पणीको वास्ता नगर्नुहोस्


एबीसी न्यूज
२० फाल्गुन २०७९, शनिबार   ३ : १२   बजे

काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजिवीहरूलाई लेख्न र विचार प्रवाह गर्न सुझाव दिएका छन्।

एमाले निकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परिवर्तनका लागि लेख्न, पढ्न जरुरी रहेको बताए। “परिवर्नत, रुपान्तरण भनेको खाली रिभोल्युसन, आन्दोलन, एजिटेशन, आक्रोस आदिको अभिव्यक्ति मात्रै होइन, सामाजिक, आर्थिक अनेक क्षेत्रमा क्षेत्रमा गर्ने विकास हो,” बुद्धिजिवीलाई ओलीले भने, “यसमा तपाईहरूको लेखनको पक्षलाई अझ सक्रियता दिनुहोस्।”
अहिले केही नजान्ने मान्छेले पनि लेखिरहेको उल्लेख गर्दै आफ्नो विचार प्रवाह गर्न बुद्धिजिवीलाई आग्रह गरे। “अनेक खाले मान्छेले अर्थ न बर्थका लेख लेखेका हुन्छन्। चटके लेख लेखेका छन्, चटके शीर्षक राखेका छन्। त्योभन्दा त गहन मटेरियल तपाईसँग छ, त्यसलाई दुनियाँका अगाडि प्रस्तुत गर्नुपर्छ,” ओलीले भने।

पढेर मात्रै काम नलाग्ने ओलीको भनाइ थियो। “अर्काको हातमा गएको धन काम लाग्न सक्ला, फर्केर आउला पनि। पुस्तकमा भएको विद्या पनि पल्टाएर हेर्दा होला। आफैसँग गुम्साएर राखेको विद्याको त्यति पनि काम छैन,” उनले भने।

अध्यक्ष ओलीले किन लेख्नु, पढ्नुपर्छ भन्ने विषयमा बुद्धिजिवीलाई उदाहरण दिए। “पानको पातमा पानी फेरि राखिएन भने सड्छ। घोडा दौडाइराखिएन भने घोडा अड्छ, कुद्दैन। बिर्सिनसक्छ, कुद्न। मान्छे बोक्न पनि उसलाई मन लाग्दैन,” बुजिविजीलाई ओलीले भने, “अलिक समय पढ्न छोड्यो भने पढ्न मन नलाग्ने हुन्छ। अलिक समय लेख्न छोड्यो भने लेख्न मन नलाग्ने हुन्छ। एउटा लेख लेख्यो भने प्रकाशित भएपछि अरुले त्यसको प्रसंशा पनि गर्छ, आफूलाई प्रेरणा पनि हुन्छ।”

आफूले लेखेका विषयमा सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियासँग पनि डराउन नहुने उनको भनाइ थियो। “लगातार सय जना विरोधीले नकारात्मक टिप्पणी गर्‍यो भने नआत्तिनुहोस्। तपाईका विरोध सक्रिय भए किन भने तपाईको विचारबाट उनीहरू त्रसित भए। अरु केही होइन, त्रसित भएकाले सक्रिय भए। नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईको विचारसँग आत्तिए तिनीहरू,” ओलीले भने।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीलाई आग्रह गरे। विरोधीहरूले संगठित भएर गर्ने आलोचनाको वास्ता नगर्न उनीहरूलाई सुझाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu