ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनी देशले अरुलाई सघाउनु पर्दछ : उपप्रम श्रेष्ठ


ABC NEWS
२० फाल्गुन २०७९, शनिबार   ९ : ४४   बजे

काठमाडौँ २० फागुन । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माहामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटहरू सामना गरिरहेका अतिकम विकसित देशहरुको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरुसमक्ष आग्रह गरेका छन् । कतारको दोहामा जारी अतिकम विकसित राष्ट्रहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विकास साझेदारहरुसँग सहयोग प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्न अपिल गरेका छन् ।

बढ्दो ऋण तथा मुद्रास्फितीको चुनौतीलाई जित्नका लागि ऋण सहुलियतसहित औपचारिक विकास सहयोगमा विस्तार गर्न ठोस कदम चाल्नुपर्छ,उपप्रधानमन्त्री श्रेष्ठले भने ।

श्रेष्ठले धेरै संकटहरुको सामना गर्दै आएका अतिकम विकसित देशहरुका लागि उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठूलो लगानी आवश्यकता रहेको बताए ।
अतिकम विकसित देशहरुलाई गुणस्तरीय र दिगो उर्जा, यातायात र डिजिटल कनेक्टिभिटीको भरपर्दो पूर्वाधार अहिले झनै आवश्यक भएको छ, श्रेष्ठले भने ।

यस क्रममा उनले सबैभन्दा जोखिममा रहेको समाजलाई सुरक्षित गर्न र विकास तथा मानव स्रोतको सम्भावना उपयोगका लागि सामाजिक सुरक्षाको समृद्धि र भरपर्दो स्वास्थ्य प्रणाली आवश्यक रहेको औंल्याएका थिए ।

यस्तै विश्वव्यापीकरणले सिर्जना गरेको विकासको प्रतिफलबाट दशकौंदेखि अतिकम विकसित देशहरुलाई बञ्चित गरिँदै आएको पनि उनको गुनासो थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu