काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिए पछि आज दर्ता हुने भएको छ ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएपछि दुई वर्षपछि अर्थात् आइतबार रिट दर्ता गरिन लागेको हो ।
२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकीलगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।
तर, यसअघि सो मुघा दरपीठ भएपछि पुनः कात्तिक २४ गते भएको दरपीठविरुद्ध उनीहरू पुनः मंसिर ७ गते सर्वोच्च अदालतमा रिट लिएर गएपछि शुक्रबार सोही रिटमा सुनवाई गर्दै न्यायधीशद्वय कार्की र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिएका थिए
।
शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट आइतबार मुद्दा दर्ता गर्न लागेको अधिवक्ता ज्ञानेन्द्रराज आरणले सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्