काठमाडौँ, २२ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगाना लगाइदिने चेतावनी दिएका छन् ।
काठमाडौँमा आइतबार आयोजित सहिद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरू अपराधी नभएको प्रष्ट पारे । अहिले लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको विप्लवले जिकिर गरे ।
“अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । यो लोकतन्त्रमा बनाउन खोजिँदै छ,” उनले भने, “माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।”
उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताए । माओवादीलाई अपराधी बनाउ खोजिए इतिहास दोहोर्याउने विप्लवको चेतावनी थियो ।
त्यस्तै, सोही कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।
“नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, “माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर, अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।”
प्रतिक्रिया दिनुहोस्