काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
नेता खनाललाई भेट्न नेता पौडेल सोमबार बिहान खनाल निवास डल्लु पुगेका हुन् । भेटवार्तामा उनले आफ्नो पक्षमा मत मागेका छन् ।
आठ दलको साझा उम्मेदवार पौडेल र खनालबीच भेटका क्रममा समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
पौडेल ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् । पौडेलविरूद्ध नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्