ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केहि दिनमै बामगठबन्धनको नयाँ सरकार गठन – नेता रावल


admin
१४ माघ २०७४, आइतबार   ६ : ४०   बजे

काठमाडौं, १४ माघ । एमाले केन्द्रिय उपाध्यक्ष भीम रावलले मेल्लेख गाउपालिकाको विकासका लागि आफुले सधै लागि परेको र अझै लागि रहने बताउनुभएको छ। अछाम क्षेत्र नं १ साँसद समेत रहेका रावलले मेल्लेख अन्य गाउपालिका भन्दा विकासित गाउपालिका भएको दावि गर्दै अझै विकासका लागि सम्पूर्ण मेल्लेखवासिले लाग्नु पर्ने र आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

मेल्लेखमा भएको संयूक्त बामगठबन्धनको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै रावलले स्थायी सरकार नहुदाँ देशमा बेरोजारी समस्याले हजारौ नेपाली यूवा विदेशिनु पर्ने वाध्यता भएको बताउनुभयो । उहाँले अब बन्ने वामगठबन्धको सरकारले विदेशिएका यूवाहरुलाई स्वदेशमै स्वरोजगारको ब्यवस्था हुने बताउनुभयो ।

उपाध्यक्ष रावलले अब केहि दिनमै एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठन, पार्टी एकिकरण गर्ने बताउनु भयो । यस्तै एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले प्रदेश सभा, स्थानिय सरकारले जिल्लाको गरीवि, बेरोजारी समस्यालाई समाधान गर्दै गुणस्तरी शिक्षा, स्वास्थ्य ,सडक लगायतको सम्बोधन हुने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य समेत रहेका कुँवरले अछामको समृद्ध विकासको लागि आफु सधै महत्वपूर्ण भूमिका खेलेको र आगामि दिनमा पनि विकासले फट्को मार्ने बताउनुभयो ।

यस्तै अछाम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले जिल्लामा आएको विकासे वजेटको सहि सदुपयोग गरी आफ्नो गाउ नगरको विकासमा सम्पूर्ण जनताले लाग्नु पर्ने बताउनुभयो ।

एमाले प्रदेश सदस्य तथा साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरले साफे देखि मेल्लेख गाँउपालिका सम्म रहेको सडकलाई नगरले फराकिलो पार्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सभा सदस्य मीना साँउदले महिलाका हक हितमा बनेको संविधानका निती नियमहरु प्रदेश सभामा कार्यान्वयन गर्ने बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य गोविन्द कुँवरले पिछडिएको क्षेत्रको विकास निर्माणका कार्यका लागि प्रदेश सभामा जोडदार माग उठाउने बताउनुभयो ।

कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा, वडा अध्यक्ष नरपति रावल,माओवादी केन्द्रका नेतृ ईश्वरी खड्का, एमाले नेता डम्मर नेपाली, पेशागत महाँसंघका जिल्ला अध्यक्ष भीम बुढा लगायतको उपस्थिती थियो ।

 

एबीसी रिर्पोटर एकेन्द्र महता

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Reports Sustained Progress in Poverty Alleviation Efforts

China Criticizes U.S. Sanctions Policy Toward Iran

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

Trump Suggests Renaming Lake Ontario ‘Lake America’ Amid Trade Dispute

Drone Attacks Target Russian Refinery and Nuclear Plant, Killing Two

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu