ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रले न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको भन्दै उच्च बारको आपत्ति


एबीसी न्यूज
२२ फाल्गुन २०७९, सोमबार   १ : ३७   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले एक विज्ञप्तिमार्फत् न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको भन्दै उच्च अदालत बार एशोसिएसनले आपत्ति जनाएको छ। संविधानको मूलभूत मान्यता, शक्ति पृथकीकरण एवं सन्तुलनको सिद्धान्तविपरीत माओवादी केन्द्रले विज्ञप्ति जारी गरेको बताइएको छ।

भनिएको छ, ‘राज्य सञ्चालकको जिम्मेवारीमा रहेका राजनीतिक दल एवं कुनैपनि निकायद्वारा स्वतन्त्र, निष्पक्ष न्यायापालिकाप्रतिको जनआस्था ह्रास हुनेगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुने हस्तक्षेपपूर्ण अभिव्यक्ति कदापि मान्य हुने विषय होइन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध परेको रिटलाई प्रक्रियामा लैजान दिइएको आदेशमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले अस्वीकार गर्ने बताएको छ।

उच्च अदालत बार एशोसिएनसले संविधान र कानुनभन्दा माथि कोही रहन नसक्ने बताउँदै न्यायापालिका एवं शक्ति पृथकीकरणको सिद्धान्तविपरीत गैरजिम्मेवार पूर्ण विज्ञप्ति जारी भएको बताइएको छ।

उक्त कार्यको एशोसिएसनले भर्त्सना गरेको छ। आफ्नो निहित राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले उक्त विज्ञप्ति आएको सचिव रविन्द्रकुमार ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group