ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“विवशता भित्रको नारी”


एबीसी न्यूज
२३ फाल्गुन २०७९, मंगलबार   ११ : ५५   बजे

रहेना

व्यापारी हुन् ऊनी !!

तर, बोलीचालीको भाषामा उनलाई अर्कै भन्छ !!

त्यो गाली, हो त्याे सम्बोधन गर्न सक्दैन,

अनि चाहँदैन पनि !!!

आम्दानी गर्छ सबैको भोक मेटाउँछ,

प्यास मेटाउँछ !! अनि अनि अनि…………

भक्कानिन्छ पलपल, अश्रु बग्छ तलपल!!

तर पनि गर्व गर्छ ऊ आफैले किनकि किनकि……

उसले परिवार हेरेको छ,परिवार पालेको छ!!

ऊ त एक व्यापारी पो हाे ,

व्यापार गरेर बसेको छ ,

व्यापार गरेर खाएको छ !!!

कसैको केही चोरेको छैन ,

कसैलाई केही गरेको पनि छैन कसैले गराएर खाएको छ!!!

आफुसंँग जे छ त्यो बेचेर खाएको छ उसले!!

ऊ, ऊ त एक लाचार प्राणी सिथिल बनी निरीह जन्तु सरी सुम्पिएको हुन्छ !!

त्याे नै उनकाे कर्म बनेको छ, त्याे नै उनकाे व्यापार कहलिएको छ !!!

त्याे नै उनकाे बाध्यता, त्याे नै उसकाे विवशता!!

बुझिदिन्छ कस्ले? बुझ्दै नबुझी मानव रूपी प्राणीको तथानाम गाली सुन्न सक्दैन!!

सजिलो छैन उनकाे व्यापार, कसैले गर्छु भनेर गर्न सक्दैन!!

गाह्राे पो छ त उनकाे व्यापार!!!

आँखा बन्द गर्दै आफुले आफैलाई मार्नुपर्छ!!

आफ्नो आत्मालाई मुठ्ठी मा राखी घच्घच्याउनु पर्छ त्याे देह !!

कहाँ सकेको हाे र उनले पनि खुशीले व्यापार गर्न उनकाे पनि बाध्यता छ ……देह व्यापारी बन्न!!

मन छैन उनलाई त्याे व्यापार ठूलो बनाउन!!

अनि मन छैन उनलाई त्यो व्यापार प्रगाढ पार्न !!!

रुन्छ मन, दुख्छ तन तर पनि रोक्न सक्दैन देह बेच्न!!!

कोशिश त गरेको नै हुन्छ!!

विश्राम दिनेछु त्यो कामलाई अनि त्यो व्यापारलाई!!

नचाहेरै पनि जन्मेका उनका लालाको भोको पेट ,

अनि रोगले ग्रसित उनकी जगत जननीका लागि अपनाउनु पर्ने उनको विवशता !!

देख्छ कस्ले अनि थाम्छ कस्ले??

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu